स्पेनिस ला लिगा : बार्सिलोनाको उपाधि जित्ने सम्भावना कायमै



काठमाडौं : बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितको सम्भावना कायमै राखेको छ । रियल भालाडोलिडमाथि १–० गोलको साँघुरो जित निकाल्दै बार्सिलोनाले आफूलाई ला लिगाको उपाधि होडमा कायमै राखेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले गरेको गोल नै निर्णायक गोल रह्यो । भिडालले १५ औं मिनेटमा गोल गरेका थिए । लियोनल मेस्सीको पासमा भिडालले गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी १ अंकमा झारेको छ । बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोड्दा एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ ।

ला लिगाअन्तर्गत नै शनिबार राति भएका अन्य खेलमा ओसासुनाले सेल्टा डी भिगोमाथि २–१ र एट्लेटिको मड्रिडले रियल बेटिसमाथि १–० को जित निकालेका छन् ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्