‘क्रान्तिभ्रम’ अब बजारमा



काठमाडौं : साहित्यको विभिन्न विधामा कलम चलाउने लेखक शोभाकान्त सुवेदीले आफ्नो पहिलो कृति ‘क्रान्तिभ्रम’ बजारमा ल्याएका छन् । आख्यान विधाका अनेक विधाहरुमध्येको एक विधा लघुकथाको रुपमा रहेको यो कृतिमा पछिल्लो अढाई दशकमा लेखिएका ८२  कथाहरु समेटिएका छन् । 

उनका यी कथाहरुमा लघुकथामा समेटिने उत्साह, भय, जुगुप्सा, विस्मय, रतिराग, शोक, क्रोध, लोभ, मोह आदि सबै भावहरुलाई पछ्याएर देशमा विद्यमान लैङ्गिक विभेद, गरीबी, विकास, कुरीति, सामाजिक, राजनीतिक उथलपुथल, वैचारिक समस्या, दर्शन आदि विषयसम्बन्ध कथाहरु समेटिएका छन् । 

हरिमाया बराल सुवेदीद्वारा प्रकाशित यस कृति १ सय ८४  पृष्ठमा रहेको छ भने यो कृतिको बजारमूल्य ३ सय राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्