हलिउड अभिनेत्री केली प्रेस्टनको निधन



एजेन्सी : हलिउड अभिनेत्री केली प्रेस्टनको ५७ वर्षको उमेरमा निधन भएको छ । स्तन क्यान्सरका कारण निधन भएको उनका पति अभिनेता जोन ट्राभोल्टले जानकारी दिएका हुन् ।

ट्राभोल्टले इन्स्टाग्राममा लेखेका छन्, ‘मेरी प्यारी श्रीमती केली स्तन क्यान्सरसँगको दुई वर्षको युद्धमा पराजित भएकी छन् । उनले क्यान्सरसँग निकै बहादुर भएर लडिन् सबैको माया र साथले ।’

प्रेस्टनको आइतबार बिहान निधन भएको परिवारका प्रतिनिधिले पिपुल म्यागजिनलाई बताएका छन् ।

प्रेस्टन र ट्राभोल्ट विगत २९ वर्षदेखि वैवाहिक सम्बन्धमा थिए । प्रेस्टनले ट्वीन्स, फ्रम डस्क टिल डन, जेरी मागुइरी, द क्याट इन ट ह्याटसहितका चलचित्रमा काम गरेकी छन् ।

उनले श्रीमान ट्राभोल्टसँग ब्याटलफिल्ड अर्थ तथा गोट्टीमा काम गरेकी थिइन् ।

ट्राभोल्टले श्रीमती प्रेस्टनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् । प्रेस्टन र ट्राभोल्टका छोरा जेट्ट ट्राभोल्टको १६ वर्षको उमेरमा सन् २००९ मा बहमासमा पारिवारिक भ्रमणका बेला निधन भएको थियो । उनीहरुका एला ब्लेउ र बेन्जामिन नाम गरेका अरु दुई सन्तान छन् ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्