प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३१ संक्रमित थपिए, १४ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार धनुषामा २७ जना र महोत्तरीमा ४ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ८ सय ३६ पुगेको छ । संक्रमित मध्ये ३ हजार ५ सय ८६ पुरुष र २ सय ५० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशालामा रहेका ३२ बर्षिय एकजना पुरुष, बटेश्वर गाउँपालिकास्थित क्वारेन्टाईनमा रहेका २० देखि ३२ बर्ष उमेर समुहका ४ जना पुरुष, शहिदनगर नगरपालिकास्थित क्वारेन्टाईनका ३० देखि ४५ बर्ष उमेर समुहका ८ जना पुरुष, कमला नगरपालिकास्थित मंगराहा क्वारेन्टाईनका १७ देखि ३४ बर्ष उमेर समुहका ३ जना पुरुष, धनौजी गाउँपालिकास्थित क्वारेन्टाईनका ४३ बर्षिय एक पुरुष, जनकनन्दनी गाउँपालिकास्थित क्वारेन्टाईनका २३ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुष र मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित क्वारेन्टाईनका ३२ बर्षिय एक पुरुष रहेका छन् । त्यस्तै महोत्तरीको एकडारा गाउँपालिकास्थित क्वारेन्टाईनका १६ र ३५ बर्षिया दुई महिला र ८ तथा ४० बर्षिय दुई पुरुष समेत संक्रमित भएका छन् ।

प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा ५ हजार ३ सय ८५, सिरहामा ३ हजार ३ सय २१, धनुषामा ४ हजार ७ सय २७, महोत्तरीमा ३ हजार ६ सय ३२, सर्लाहीमा ५ हजार ८ सय ७१, रौतहटमा १३ हजार ९ सय ६०, बारामा ३ हजार ७ सय ४५ र पर्सामा ७ हजार ४ सय ९१ जना गरि कुल ४८ हजार १ सय ३२ जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ८ सय ३६ जना संक्रमित भएका छन् भने ४२ हजार ५ सय ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा २ सय २०, सिरहामा ५ सय ७२, धनुषामा १ सय २०, महोत्तरीमा १ सय ७५, सर्लाहीमा १ सय ९९, रौतहटमा २ सय ४४, बारामा १ सय ४१ र पर्सामा ९५ जना गरि कुल १ हजार ७ सय ६६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (सोमबार) मात्रै सप्तरीमा १ सय ७१, सिरहामा १ सय ४९, धनुषामा ४८, बारामा ३० र पर्सामा ११ जना गरि कुल ४ सय ९ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा २६, महोत्तरीमा २३ र पर्सामा ३ सय २७ गरि जम्मा ३ सय ७६ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २४ हजार २ सय ३४ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ५३, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २१ जना गरि कुल १ हजार ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २३ हजार १ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३० हजार ८ सय ५ बेड क्षमताको ४ सय २९ वटा क्वारेन्टाइनमा अहिले २ हजार ९ सय ५५ जनालाई राखिएको छ भने १७ हजार ४ सय ५९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ८ सय ९० बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ८७, सिरहामा ६२, धनुषामा ६८, महोत्तरीमा ७४, सर्लाहीमा ५५, रौतहटमा २३, बारामा ३ र पर्सामा ६ जना गरि कुल ४ सय ७८ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय १९, सर्लाहीमा ६ सय ५६, धनुषामा ५ सय २२, सप्तरीमा २ सय ४७, सिरहामा २ सय ६, पर्सामा १ सय ६२ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १४ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ९ जना र रौतहटका ५ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका २ सय १२, सिरहाका १ सय १५, धनुषाका ३ सय ७७, महोत्तरीका २ सय ४८, सर्लाहीका ५ सय ९०, रौतहटका ६ सय ५३, बाराका १ सय १२ र पर्साका १ सय ७२ जना गरि २ हजार ४ सय ८० जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्