एएफसी यू–१९ महिला फुटबल: नेपालको पहिलो खेल थाइल्याण्डसँग



काठमाडौं : एएफसी १९ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबल छनोटको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

 

छनोटको समूह बी मा रहेको नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्डसंग खेल्ने भएको हो । यो समूहमा नेपाल,थाइल्याण्ड,भारत र पाकिस्तान छन् ।

 

नेपाल र थाइल्याण्डबीचको खेल अक्टोबर २४ मा चोनबुरीमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ मा प्रतिस्पर्धा गर्दैछ ।

 

नेपालले छनोटको अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ । समूह विजेता टोलीले छनोटको दोस्रो चरणको छनोटमा ठाउं बनाउनेछ ।

 

यस्तै पहिलो चरणको छनोटको उत्कृष्ट दुई टोलीले पनि दोस्रो चरणमा ठाउं बनाउने छन् । पहिलो चरणमा ६ समूहबाट २५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

 

यस्तै अप्रिलमा हुने दोस्रो चरणको छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट ४ टोलीले एएफसी यू–१९ महिला च्याम्पियनसिप खेल्नेछ ।

 

एएफसी यू–१९ महिला च्याम्पियनसिप अर्को वर्ष थाइल्याण्डमै आयोजना हुनेछ । च्याम्पियनसिपका लागि चीन,जापान र उत्तर कोरिया छनोट भईसकेका छन् ।

छनोटका लागि नेपाली टोली अक्टोबर २२ मा थाइल्याण्ड जानेछ ।

भुटानमा भएको साफ यू–१८ महिला च्याम्पियनसिप खेलेकै टोलीका सदस्यहरु थाइल्याण्ड जाने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्