भदौ ६ मा रिलिज हुदैं ‘जाइरा’



काठमाडौं : नायिका नम्रता श्रेष्ठको पहिलो एक्सन फिल्म ‘जाइरा’ भदौ ६ गते रिलिज हुने भएको छ ।  यस फिल्मको निर्माण टिमले यो फिल्म श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रिलिज गर्न लागेको छ ।  

यस फिल्मले एक महिलाले लिएको प्रतिशोधलाई कथाको माध्यमबाट देखाउन खोजिएको छ ।   ‘जाइरा’मा नम्रताका साथसाथै अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारले अभिनय रहेको छ । 

फिल्म ‘जाइरा’ बाटै श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले डेब्यु गर्दैछन् । नम्रताले ‘जाइरा’का लागि लामो कपाल समेत काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी बनाएकी थिइन् ।

नायिका श्रेष्ठले  फिल्मका लागि ६ महिना एक्सनको तालिम समेत लिएकी थिइन् । यस फिल्मलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका छन् । ‘जाइरा’को कथा, पटकथा तथा संवाद भने निर्देशक श्रेष्ठले निरोज महर्जनसँग मिलेर लेखेका छन् । 

यस फिल्मको निर्माण कटामरी फिल्म्सको ब्यानरमा भएको छ । यस फिल्मको प्रस्तुतकर्तामा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि रहेको छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यस फिल्मलाई  लोकेश बज्रचार्यले सम्पादन गरेका छन् ।

यस फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका छन् । यस फिल्ममा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । केशव थापाको नृत्य निर्देशन रहेको ‘जाइरा’मा राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्