images

न्याय खोज्दै पूर्व न्यायाधीश

द नेपालटप | प्रकाशित: २०७५-११-२९ गते
न्याय खोज्दै पूर्व न्यायाधीश

काठमाडौंः  एक पूर्व न्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्व न्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् ।

उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् । काठमाडौं २ लाजिम्पाटमा मेयर शाक्य दाजुभाइ र पूर्वन्यायाधीश जोशीको साँध जोडिएको जग्गा छ। त्यसै जग्गामा विवाद हुँदा उनी अदालत पुगेका हुन् ।

शाक्यको जग्गामा पुग्न जोशीको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले व्यक्तिगत प्रयोजनका लागि जग्गा मिचिन लागेको भन्दै उनी अदालत पुगेका हुन् । जोशीले आफ्नो जग्गामा पर्खाल लगाउन खोज्दा राजनीति र शक्तिको आडमा मेयरका दाजुले काम गर्न नदिएको आरोप लगाए ।

‘उनको जग्गामा मोटरबाटो पुर्याउने प्रयास गर्दा मेरो जग्गा मिचिने भएकाले म न्यायका लागि अदालत आएको हुँ’, पूर्वन्यायाधीश जोशीले भने । बाटोले काटेको जग्गा आफूलाई अर्को तर्फबाट दिनुपर्ने जोशीले माग गरेका छन् । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले हावा खायो त ?

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले हावा खायो त ?

यतिबेला सरकारबाट गत फागुनमा घोषित प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका विविध आयामबारे सर्वत्र चर्चा हुँदै आएको छ । स..

मेलम्चीको ठेक्का आह्वान, ११ महिनामा पानी आउने

मेलम्चीको ठेक्का आह्वान, ११ महिनामा पानी आउने

काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का..

सार्वजनिक शौचालयको विषयमा मेयर–उपमेयरबीच विवाद

सार्वजनिक शौचालयको विषयमा मेयर–उपमेयरबीच विवाद

काठमाडौं : सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकामा विवाद देखिएको छ । मेयर व..

ज्ञानमा पनि सरकारी कर : पुस्तक आयात गर्दा १० प्रतिशत भन्सार लाग्ने

ज्ञानमा पनि सरकारी कर : पुस्तक आयात गर्दा १० प्रतिशत भन्सार लाग्ने

काठमाडाैँ : सरकारले युनेस्कोसँग भएको सम्झौता उल्लंघन गर्दै पुस्तक तथा शैक्षिक सामग्री आयातमा १० प्रतिशत भन्सार..

काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

काठमाडौं : पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ ।..

यसकारण नेपालविरुद्ध राष्ट्रसंघमा मुद्दा दर्ता हुँदै

यसकारण नेपालविरुद्ध राष्ट्रसंघमा मुद्दा दर्ता हुँदै

काठमाडौँ : सशस्त्र द्वन्द्वमा बलात्कारमा परेका महिलालाई न्याय दिलाउन उदासीन देखिएको भन्दै नेपाल सरकारविरुद्ध ल..