अमेरिकामा एकै ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ६३ हजार ५८४ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ३८ लाख ९६ हजार ८५५ पुगेको छ ।

यस्तै एकै दिन ३९२ जनाको मृत्यु भएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार २६९ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख २ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १९ लाख ५१ हजार २४८ जनामध्ये १६ हजार ६१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्