रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ७१ हजार नाघ्यो



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ हजार ३४२ पुगेको हो ।

एकै दिन ६ हजार १०९ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७१ हजार ५४६ पुगेको छ ।

२ लाख ८ हजार ८६० जनाको उपचार भइरहेको छ भने ५ लाख ५० हजार ३४४ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्