ब्राजिलमा एकै दिन २४ हजार भन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २४ हजार ६५० जना संक्रमित भएसँगै सोमबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २० लाख ९९ हजार ८९६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७१६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७९ हजार ५३३ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १३ लाख ७१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ४९ हजार १३४ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्