८० हजार घुस लिने इञ्जिनियरसहित २ जना पक्राउ



काठमाडौँ : बारा जिल्लाको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव इञ्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार घुस रकमसहित पक्राउ परेका छन् । उनले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिने भन्दै घुस लिएका थिए ।

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले सव इञ्जिनियर जैसवाललाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

सव इञ्जिनियर जैसवालले घुस लिएर सँगै रहेका साथी चन्दन जैसवाललाई दिएर भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका ४ बाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्