चीनसँग जोडिएको सीमा सुरक्षित गर्न यस्तो छ मोदी सरकारको तयारी, ड्रैगन आफै हट्छ पछि



दिल्ली– पूर्वी लद्दाखमा चीनले आफ्नो किर्याकलापहरू बन्द गरेको छ तर भारतपक्षसँगको वार्ता भएता पनि भारतरले प्रष्ट रुपामा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा चीनको स्थितीको सम्बन्धमा भने कुनै पनि परिवर्तन नभएको बताएको छ । केही समय अघि विदेश मन्त्रालयले चीनसँग सीमा गतिरोधपछि लद्दाखमा चनिको लागि क्षेत्र छोड्ने सम्बन्धीत रिपोर्टमा आफ्नो पक्ष राख्दै आफ्नो यो बयान जारी गरेको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पत्रकार सम्मेलनमा पश्चिम क्षेत्रमा वर्तमान सैनीकहरू पछि हट्ने पक्रिया जारी रहेको बताउका छन् । यसको लागि विशेषगरी लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)सँग सैनिकहरूको आमने–सामने आउने स्थितीलाई रोक्नु भएको उनको भनाई छ । यो वरिष्ठ सैन्य कामाण्डरहरूको बीचमा भएको सहमतिमा आधारित छ ।

उनले भने– ‘दुबै पक्षले एलएसीको वरिपरी नियमित पोस्टमा फेरी पनि तैनाथको लागि सहमति व्यक्ति भएको छ । यो पारस्परिक रुपबाट सहमतिको आधारमा हुने कारवाही हो जुन दुवै पक्ष मिलेर गर्ने छन् । जस्तै महिले पहिला पनि भनेको छु यो एक सतत प्रक्रिया हो । भारत पक्ष यसमा स्पष्ट छ । ’

तर पनि भारतको चीनसँगको शीतल युद्ध अझै पनि जारी छ र त्यो रहँदासम्म वायुसेनाको शीर्ष कमाण्डरहरूले पूर्वी लद्दाखमा चीनसँग वास्तविक नियन्त्रण रेखाको स्थितीको बारेमा छलफल गर्नेछन् । यो हप्ताको लागि तय भएको बैठकमा फ्रन्ससँग मिल्ने राफेल लडाकू विमानको तैनाथी र त्यसलाई कसरी परिचालन गर्ने भन्ने पनि चर्चा हुनेछ । उक्त छलफलमा केही महत्तपूर्ण निर्णयहरू पनि हुन सक्ने बताइएको छ ।

सञ्चारमाध्यमहरूमा यो पनि खबर छ की भारतीय शीर्ष तहको अफिसरहरू २२ जुलाई बाट शुरु हुने दुई दिवसीय कमाण्डरको सम्मेलनमा सहभागी हुनेछन् । एयर चीफ मार्शल आरकेएस भदौरियाकी नेतृत्वमा हुने लागेको यो सम्मेलनको मुख्य एजेण्डा चीनसँग जोडिएको सीमा हुनेछ । यो बैठकमा ७औं कमाण्डर इन चीफको पनि सहभागिता रहने छ ।

वयुसेनाले आफ्नो अत्याधुनीक मिराज २०००, सुखोई–३० र मिग–२९ को सबै भन्दा उत्कृष्ट लडाकू विमान फरर्वाड बेसमा तैनाथ गरेको छ । जहाबाट उनीहरू २४ घण्टा अपरेशन गरिरहेका छन् । अपाचे हेलीकप्टरको चीन को सीमासँग फरर्वाड बेसमा तैनाथ गरिएको छ र रातको समयमा पनि पूर्वी लद्दाख क्षेत्रमा लगातार उडान गरिरहेको छ।

भारतीय वयु सेनाको शीर्ष अधिकारी फ्रन्सबाट यो महिनाको अन्तिम सम्म भारत आइपुग्ने राफेल जेट्सको बारेमा पनि छलफल गर्नेछन् । वायु सेनाको अधिकारीहरूले दक्षिण एशियाकौ सबै भन्दा उत्कृष्ट हवाई जेट आफ्नो प्रतिकुत परिस्थितीमा वायूसेनाको ताकत बढाउन गइरहेको बताएका छन् । किनकी यो सबै भन्दा राम्रो सुरक्षा प्रणालीबाट निर्मित छ । उनीहरूका अनुसार फाइटर जेट्समा भारत विशिष्ट वृद्धिको संगसंगै लामो दुरीको शस्त्र जस्तै मीटियर एयर टू एयर मिसाइल भारतलाई चीन र पाकिस्ताको अगाडी शक्ति प्रदान गर्नेछ ।

भारतीय वायु सेना प्रमुखले यो योजनाको लागि भारतीय निगोशिएशन टिमको प्रमुखको रुपमा भारतको अहिले सम्मको सबै भन्दा ठूलो रक्षा सम्झौतामा महतूवपूर्ण भूमिका निर्वाह गरेको छ । लगभग ६० हजार करोड रुपैयाँ ३६ राफेल जेट भारत आइपुेको छ । राफेलको दुई स्काड्रन पनि भारतको हवाई शक्ति बढाउनको लागि भूमिका खेल्नेछ । यसले चीनको हस्तक्षपमाथि पनि नियन्त्रण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्