गण्डकीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा : गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । संक्रमितमध्ये म्याग्दी, बाग्लुङ र स्याङ्जाका ३/३ जना रहेका छन् । सबै पुरुष हुन् ।

संक्रमित सबैलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय २९ पुगेको छ भने एक हजार २० जना निको भैसकेका छन् ।

No photo description available.
प्रतिक्रिया दिनुहोस्