अनुसन्धानकर्ताले दिए नेपालमा फेरी भूकम्प आउने चेतावनी



एजेन्सी : सन् २०१५ अर्थात २०७२ वैशाख १२ गते गएको महाभूकम्प जस्तै नेपालमा फेरी भूकम्पको सम्भावना रहेको अल्बर्टा विश्वविद्यालयका अनुसन्धानकर्ताले दाबी गरेका छन् ।

नेपालमा पेट्रोल खोज्दै गर्दा जमिन भित्रबाट विभिन्न आवाजहरू सुनिएको जानकारी दिँदै अनुसन्धानकर्ताहरूले यी आवाजहरुमा सतह परिवर्तन, भूतल तह र टेक्टोनिक प्लेटहरुमा आधारित यसको दाबी गरेका छन् ।

अन्वेषकहरूका अनुसार भूकम्प आउँदा सबैभन्दा खराब अवस्था नेपालको दक्षिणपश्चिम क्षेत्रमा हुन सक्छ ।

इंडियाटाइम्स डट कममा प्रकाशित समाचारका अनुसार नेपालमा भूकम्पको कारण गंगा नदीको बहाव क्षेत्रको तल जमिनको भित्र हुने परिवर्तन मुख्य जिम्मेवार हुनेछन् ।

यूनिवर्सिटी अफ अल्बर्टा विश्वविद्यालयका अन्वेषक माइक दुवलले भने–‘उनको टोलीले नेपालको हिमालयन माटो अन्तर्गत भइरहेको छिटो परिवर्तन रेकर्ड गरेको छ । यी परिवर्तनहरूले घनी जनसंख्या भएका क्षेत्रहरू हल्लाउनेछन् ।’

माइक डुवालको टोलीले नेपालको जमिनका भित्रको लेयर अध्ययन ग¥यो । उनीहरूले थाहा पाए कि नेपालको पर्वतिय जमिन मुनिको लेयर गंगा प्रवाह क्षेत्र मुनि सतहको छेउछाउमा छ ।

‘गंगाको मुनिबाट लगातार आवाजहरू आउँदछन्, जसले गंगाको मुनि एउटा ठूलो हलचल छ भन्ने संकेत गर्दछ । जसले नेपालमा प्रत्यक्ष असर गर्नेछ,’माइक डुवानले भने ।

माइकले भने–‘हिमालयअन्तर्गत जमिन तहहरूको एक ठूलो र जटिल नेटवर्क छ । यो यति जटिल छ कि यसलाई बुझ्न गाह्रो हुन्छ । कुन गती चल्नेछ र कति रेक्टर स्केलको भूकम्प आउनेछ भनेर भन्न सजिलो छैन ।’

०७२ सालबाट नेलामा हालसम्म कुनै ठूलो भूकम्प आएको छैन । २०१५को भूकम्प बाहेक गत शताब्दीमा नेपालमा कुनै ठूलो भूकम्प आएको छैन । तर त्यहाँ भूमिअन्तर्गत एक निरन्तर हलचल भने भइरहेको छ । यसले यस्तो सम्भावना पार्दछ कि कुनै पनि समय नेपालमा ठूलो भूकम्प आउन सक्छ । जसले भयावह विपत्ति ल्याउन सक्छ ।

टोलीका अर्का एक व्यक्ति जोन वाल्ड्रोन भन्छन्–‘नेपालको भूमिमा एक यस्तो तह छ जुन कुनै पनि समय चिप्लन सक्छ । यो भयानक भूकम्पक आउन सक्ने आशंका हो ।’

नेपाल र भारतको सीमावर्ती क्षेत्र र नेपाल दक्षिणपश्चिमाञ्चल क्षेत्र अत्यन्तै जनसंख्या भएको ठाउँ हो । यदि भूकम्प गयो भने यहाँ ठूलो विनाश हुनेछ । यो सन् २०१५ कोभन्दा बढी खतरनाक हुन सक्छ । यसको तीव्रता ७.८ भन्दा बढि छ ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्