जान्नुहोस्, स्वस्थ्य हुन के खाने के नखाने ?



एजेन्सी : हामी नेपालीहरूमा केही न केही राेगले नसताएकाे कमै हुन्छ । सबैकाे चिन्ताकाे विषय यही हुन्छ कि कसरी स्वस्थ रहने ? यसका लागि धेरै महत्वपूर्ण कुराहरूमध्ये खानपान पनि एक हाे । खानपानमा ध्यान दिन सके धेरै हदसम्म स्वस्थ रहन मद्दत गर्छ । यहाँ केही खानेकुराकाे बारेमा चर्चा गरिएकाे छ, जसले हाम्राे स्वास्थ्यसँग प्रत्यक्ष सराेकार राख्छ ।

के खाने ?

भिटामिन–सी :- दमका रोगीले भिटामिन–सीयुक्त खाना बढी खानुपर्छ । भिटामिन–सीले इन्फ्लामेसन र जलन कम गर्न मद्दत गर्छ । यसले फोक्सोलाई बलियो बनाउने र श्वाससम्बन्धी समस्या कम गर्ने गर्छ । भिटामिन–सीका लागि कागती, अमला, सुन्तला, टुसा उमारेका गेडागुडी खानुपर्छ ।

फलफूल :- दमका रोगीले गाजर, रातो र पहेँलो खुर्सानी, भेँडे खुर्सानी, पालुङोजस्ता सागतरकारी बढी खानुपर्छ ।

भिटामिन–बी :- दमका रोगीका निम्ति भिटामिन–बी लाभदायक हुन्छ । हरियो सागसब्जी र दालमा भिटामिन–बी बढी पाइने भएकाले यस्ता खानामा जोड दिनुपर्छ ।

प्याज :- हरियो प्याज अथवा रातो प्याज दुवै दमका रोगीका लागि लाभकारी हुन् । प्याजमा सल्फर पाइन्छ, जसले दमका कारण हुने जलनलाई कम गरी बिरामीलाई राहत दिन्छ । श्वाससम्बन्धी समस्या भएकाहरूका लागि पनि प्याज उपयुक्त हुन्छ ।

माछा :- दमको समस्या भएकाहरूले सलमन प्रजातिका माछा बढी खानुपर्छ । सलमन माछा पाइँदैन भने अन्य माछा खाए पनि हुन्छ ।

दुग्ध परिकार :- दुग्ध पकिार सानैदेखि मनग्ये खानेलाई दमको रोग लाग्ने जोखिम कम हुन्छ । दम भइसकेकाहरूले पनि दुग्ध परिकार खानमा जोड दिनुपर्छ ।

के नखाने ?

मसलायुक्त खाना :- मसलायुक्त खानाबाट दमका रोगीले भरसक परै रहनुपर्छ । मसलायुक्त खाना खानाले मुख, घाँटी र फोक्सोका कोशिका उत्तेजित हुन पुग्छन् । जसले दमको असरलाई बढाउँछ ।

भिटामिन–ई :- दमका रोगीले भिटामिन–ईयुक्त खाना भरसक नखाने । सबैखालका खाने तेलमा भिटामिन–ई पाइने भएकाले तरकारी पकाउँदा तेल सकेसम्म कम हाल्नुपर्छ । सूर्यमुखीको तेलमा भिटामिन–ई कम पाइने भएकाले सकेसम्म त्यही तेलको प्रयोग गर्ने ।

प्रतिक्रिया दिनुहोस्