लकडाउन हटेपनि यी क्षेत्रमा प्रतिबन्ध कायमै



काठमाडौं : १ सय २० दिन लामो बन्दाबन्दी ‘लकडाउन’ मंगलबार मध्यरातदेखि अन्त्य भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

कोरोन भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

योसँगै सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणालीको अन्त्य भएको छ भने सरकारी कार्यालयमा लागू गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

तर, केही क्षेत्रमा भने प्रतिबन्ध कायमै राखिएको सञ्चारमन्त्री खतिवडाले जानकारी दिए ।

उनका अनुसार शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहनेछ ।

हेर्नुहोस् मन्त्रिपरिषद बैठकको निर्णय :-

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्