यस्ता छन् बहुपयोगी मेवा प्रयोगको फाइदा



एजेन्सी : हामीले मौसमअनुसार विभिन्न फलफूल खाने गरेका छौं । फलफूलले मानिसको स्वास्थ्यमा फाइदा गर्ने त छँदै छ । विभिन्न खाले रोगको उपचारमा पनि सहयोग गर्छ । मेवा गर्मी महिनामा हुने फल हो । मेवालाई भिटामिन ‘सी’ को भण्डार मानिन्छ । काँचो वा पाकेको दुवै किसिमले यसलाई खान सकिन्छ ।

बहुपयोगी मेवाका यस्ता छन् फाइदा :–

१. मेवालाई फेस प्याकको रुपमा पनि प्रयोग गर्न सकिन्छ, यसले मरेको छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ ।

२. कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसका भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयघात हुने सम्भावना कम हुन्छ ।

३. मेवाको बियाँ पेटको रोगको लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवी नष्ट गर्छ ।

४. यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउन पनि मद्दत गर्छ ।

५. गर्भवती महिलामा बिहानीपख देखिने वाकवाकीको समस्या कम गर्छ, बिहान एउटा टुक्रा मेवा खानाले वाकवाकी र अरुचि हट्छ ।

६. कपालमा यसको प्रयोग गर्दा चाया हटाउन सहयोग गर्छ ।

७. रजस्वला नियमित गर्न सहयोग गर्छ ।

८. मेवाको दानामा फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस प्रशस्त मात्रामा पाइन्छन । त्यही भएर मेवाको दाना पनि खाने गर्नुपर्छ ।

९. आन्द्रामा लागेका प्यारासाइटलाई मार्ने क्षमता पनि मेवाको दानामा हुन्छ । मेवाको दाना र महसँगै खाने गरेमा आन्द्रामा लागेका प्यारासाइट दिशामार्फत बाहिर निस्किन्छ । ३० वटा मानिसमा परीक्षण गर्दा २३ जनाको आन्द्राबाट मेवाको दाना खाँदा प्यारासाइट बाहिर निस्किएको थियो ।

१०. मेवामा क्यान्सरबाट जोगाउने गुण पनि हुन्छ । यसका लागि मेवा दानाको फाँको मुखमा हालेर सीधै खाने । यदि यसको स्वाद राम्रो लाग्दैन भने यसलाई सलादमा छर्किएर पनि खान सकिन्छ।

प्रतिक्रिया दिनुहोस्