राजविराजमा १३ जनामा कोरोना संक्रमण पुष्टि



सप्तरी : जिल्लाको सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

राजविराज नगरपालिका–२ का ३१ वर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ वर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ वर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् ।

राजविराज वडा नम्बर ७ का २० वर्षीय पुरुष र ४०, १७, १५ र १५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकै तथा अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का एक पुरुष संक्रमित देखिएका छन् ।

यसैगरी राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाई कोरोना संक्रमण पुष्टि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्