राजेश हमालका भाई राकेशको निधन



काठमाडौं : अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । अभिनेता हमालका भाई राकेश हमाले भारतको नयाँ दिल्लीमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

केही समय अगाडि राकेशको कलेजोको प्रत्यारोपण भएको थियो । राकेशको निधनबारे राजेश हमालले सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले भाईलाई काकु भनेर सम्बोधन गरी शान्तिको कामना गरेका छन् ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्