गण्डकीका तीन जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि



पोखरा : गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तीन जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पर्वतका २, स्याङ्जाका १ र कास्कीका २ जना रहेका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५० पुगेको छ । जसमा १ हजार ९१ जना निको भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्