पर्सामा ५ जना थुनुवा सहित थप ३२ जनामा कोरोना सक्रमण



पर्सा : पर्सामा थप ३२ जना कोरोना सक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा बिहिबार गरिएको परीक्षणमा ५ जना थुनुवा सहित ३२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका अनुसार संक्रमित हुनेहरुमा २३ जना पुरूष र ९ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ महिनाका बालक देखि ६० बर्षकी वृद्ध महिला रहेकी छिन ।

वडा प्रहरी कार्यलय श्रीपुर वीरगन्जको थुनुवा कक्षमा रहेका ५ जना थुनुवा पनि संक्रमित भएकाे निरीक्षक ठाकुरले जानकारी दिए । २६ जना पर्सा जिल्लाका, १ जना बारा जिल्ला र ५ जना भारतियहरू रहेकाे उनले बताए ।

वीरगन्जको बिर्तामा रहेको त्रिजुद्व स्कुलको क्वारेन्टाइन रहेकालाइ मंगलबार र बुधबार स्वाब संकलन गरिएको थियो । सक्रमण मध्ये पाँच जना संवत् शुल्क तिरेर पिसिआर परिक्षणको लागि स्वाब दिएका थिए ।

३२ जनाको नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले समेत पुष्टि गरेका हुन । संक्रमितहरुलाई नारायणी अस्पताल अस्थायी विषेश कराेना अस्पताल गण्डककाे आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्