पर्सामा आकस्मिक सेवा बाहेक सम्पुर्ण अस्पताल बन्दको आहवान



पर्सा : पर्सामा तीन चार दिन यता लगातार कोरोना सक्रमितको सख्या बढन थालेपछी नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जले पर्साका अस्पतालहरुको आकास्मिक बाहेककाे सम्पूर्ण सेवाहरु बन्द गर्न आहवान गरेको छ ।

संघका सचिव डा. उदय नारायण सिंहले प्रेस विज्ञप्ती जारी गर्दै सम्पूर्ण अस्पताल, मेडिकल कलेज, नर्सिङ्ग हाेम, निजि क्लिनिक लगायत स्वास्थ्य सेवा प्रदायक संस्था र चिकित्सक तथा स्वास्थ्कर्मीहरुलाई शुक्रबार देखी अर्काे सुचना नभए सम्मकाे लागि आकास्मिक बाहेकाे सम्पूर्ण सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

काेराेना महामारी समुदाय स्तरमा नै फैलिएकाेले आकास्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्नुकाे साथै काेराेना राेगकाे नियन्त्रणकाे लागि WHO ले निर्धारण गरेकाे गाइडलाई पूर्ण रुपमा पालना गरी मात्र आकस्मिक सेवाहरु प्रावह गर्न समेत संघले आग्रह गरेकाे छ ।

संघले जारी गरेकाे प्रेस विज्ञप्ती मार्फत काेराेना महामारी नियन्त्रणकाे लागि काेराेना परिक्षणकाे दायरा बढाउदै अबिलम्ब मास टेस्टिङ्ग, अन्य आवश्यक कदम चाल्नुकाे साथै यस क्षेत्रका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुलाई अबिलम्ब पर्याप्त मात्रामा सुरक्षा सामग्री उपलब्ध गराउन समेत सराेकारवाला निकायहरु संग जाेडदार माग गरेकाे छ ।

यसका साथै संघले काेराेना महामारीकाे बिषम परिस्थितिमा काेराेना राेगकाे प्रकाेपबाट अलिकति विचलित नभई धैर्यताका साथ सुरक्षा सर्तकता अपनाउदै महामारी नियन्त्रण तथा आम जनताकाे जिवन सुरक्षाका लागि समर्पित रहन सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपिल पनि गरेकाे छ । त्यसैगरी नेपाल सुनचादी ब्यवसाय सघ पर्साले पनि आफ्नो पाँच दिन ब्यवसाय बन्द गर्ने घोषणा गरेको छ ।

संघले कोरोना सङ्क्रमण नियन्त्रण गर्न संघमा आवद्ध सम्पुर्ण व्यवसाय श्रावण ९ गते देखि १४ गतेसम्मका लागि पसल बन्द गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष निरज कुमार सर्राफले आज एक विज्ञप्ती जारी गर्दै संघमा आवद्ध सम्पुर्ण व्यवसायीहरुलाई तोकिएको अवधिसम्म आ-आफ्नो व्यवसाय बन्द गरी सहयोग गर्न र सुरक्षित बस्न अनुरोध गर्नु भएको छ ।

साथै अध्यक्ष सर्राफले पर्सा सुन चाँदी व्यवसायी संघका सम्पुर्ण २६४ सुन चाँदी व्यवसायीहरुको कोरोना बिमा निःशुल्क रुपमा संघले नै गरिदिने जानकारी समेत गराउनु भएको छ ।

पर्सामा कोरोना सङ्क्रमण समुदाय स्तरमा फैलिएको आशङ्का उत्पन्न भएपछी स्थानीयहरु त्रसित बनेका छन् । तीन दिन यता पर्सामा कोरोना सक्रमितको सख्या ५७ जना थपिएका छन । जसमध्ये एक जना ७० बर्षिय वृद्वको ज्यान समेत गइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्