श्रीलङ्का महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा



विराटनगर : महिला साफ च्याम्पियनसिपअन्तर्गत शुक्रवार भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । माल्दिभ्स पराजित भएसँगै समूह ‘बी’बाट श्रीलङ्का र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । 

विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा श्रीलङ्का २–० गोलले विजयी भयो । खेममा श्रीलङ्कालाई जिताउन चलानीकुमारी इकानायकेले दुवै गोल गरिन् ।

माल्दिभ्स समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । 

आगामी आइतबार समूह चरणको अन्तिम खेलमा भारत र श्रीलङ्का भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्