देशको शान्तिका लागि भ्रमणमा निस्केको हुँ : पूर्वराजा शाह



जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र साहले देशमा शान्ति भएपछि मात्रै विकास हुने बताएका छन् । शुक्रवार जनकपुरधामस्थित जानकी मन्दिरमा माता जानकीको दर्शन पश्चात संचारकर्मीसँग कुरा गर्दै साहले देशमा शान्ति भएपछि मात्रै विकास हने भएकाले आफू देशको शान्तिका भ्रमणमा निस्केको जानकारी दिए ।

ज्ञानेन्द्रले भने,‘म मधेशको भ्रमण होइन देशको भ्रमणमा आएको हुँ, तराई पनि देशको अभिन्न अंग हो । देशमा शान्ति आएपछि देशसंगै तराईको पनि विकास हुने हो ।’पुर्वराजा शाहले जानकी मन्दिरमा करिब १० मिनेट पूजापाठ गरि रामजानकी विवाहस्थल मडवाको समेत अवलोकन गरेका थिए ।

शाहलाई स्वागत गर्न हजारौको संख्यामा उनका समर्थक, राप्रपा संयुक्तका नेता कार्यकर्तासहित स्थानीयको उल्लेखनिय सहभागिता रहेको थियो । उनलाई स्वागत गर्न दिउँसो २ बजेदेखि नै जानकी मन्दिरमा भीड लागेको थियो । पूर्वराजा साह मन्दिरमा प्रवेश गरेपछि समर्थकहरूले ‘हिन्दु राष्ट्र कायम गर’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्