थप १३३ जनामा कोरोना पुष्टि, १०७ जना डिस्चार्ज



काठमाडौंः आज नेपालमा थप १३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १३३ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३८३ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १२ हजार ९४७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ७०.३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ९८७ नमुनाको पिसिआर परिक्षण गरिएको छ । अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख ३४ हजार ९९६ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा १९ हजार ४०९ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ३५८ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, धनकुटा, रसुवा, हुम्ला, भोजपुर र पांचथर रहेका छन् । नेपालमा कोरोनाबाट अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्