१९ सेप्टेम्बरदेखि आईपीएल यूएईमा हुने



काठमाडौंः कोरोना भाइरस महामारीकाबीच १३ औँ संस्करणको आईपीएल (इण्डियन प्रिमियर लिग) प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आउँदो १९ सेप्टेम्बरपछि हुने भएको छ ।

आईपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईलाई यसबारेमा जानकारी दिएका हुन् ।

प्रतियोगिताको फाइनल ८ नोभेम्बरमा हुने तय भएको छ । भारतमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आईपीएल हुने र नहुनेबारेमा अन्योल बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्