अत्तरियामा बेवारिसे शव फेला



कैलाली । कैलाली गोदावरी नगरपालिका ४ अन्तर्गत खैराना गाउँ जाने बाटो खैराना पुलको छेउमै बेवारिसे शव फेला परेको छ। शनिबार बिहान फेला परेको उक्त शव अघिल्लो दिन नै हत्या गरी कसैले फालको हुन सक्ने प्रहरीले जनाएको छ।

शवको पहिचान हुन नसकेको यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सनाले जानकारी दिए। स्थानीयहरुका अनुसार सो क्षेत्र अत्यन्तै खतरायुक्त क्षेत्र हो। सो क्षेत्रमा बर्सेनि कुनै न कुनै किसिमको घटना हुँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्