नेपालमा थप १०९ जनामा कोरोना संक्रमण



काठमाडौं : शनिबार नेपाल १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कोरोनाबाट ४५ जनाले ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ७५ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या १८१८३ छ । हाल मुलुकका २८ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६१ हजार ८५० छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८९ हजार ९३० छन् । आज मात्रै ६५ जनाले इन्ट्री गरेकामा आज कोही पनि रेड जोनमा नपरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइट हेर्ने र भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या उल्लेख्य रहेको छ ।

प्रकाशित : साउन १०, २०७७

प्रतिक्रिया दिनुहोस्