मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु



जनकपुरधाम : मोटरसाइकल दुर्घटना हुँदा सिराहाको चोहर्वामा एक युवकको  मृत्यु भएको छ।  शनिबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ स्थित चोहर्वामा तीव्र गतिमा रहेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे छ ।  

दुर्घटनामा परी गम्भीर घाइते भएका अजयलाई उपचारका लागि मिर्चैया स्थित मंगलम हस्पिटलमा पठाइएको थियो । तर उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लग्ने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी शुकदेव खनालले बताएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्