अभ्यासका लागि यु–१९ क्रिकेट टोली भारत प्रस्थान



काठमाडौं : आइसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको तयारीका लागि नेपाली यु–१९ टोली भारत प्रस्थान गरेको छ । अप्रिल दोस्रो साताबाट मलेसियामा सुरु हुने एसिया छनोटको तयारी गर्न १८ सदस्सीय नेपाली टोली शनिबार भारतको आन्ध्र प्रदेश प्रस्थान गरेको हो ।

नेपाली टोलीले भारतमा अभ्यास गर्नुका साथै आन्ध्र प्रदेशको यु–१९ टोलीसंग ४ अभ्यास खेल खेल्ने कार्यक्रम छ । एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।नेपाली टोली रोहित पौडेलको कप्तानीमा भारत भ्रमणमा निस्किएको हो ।

भारत भ्रमणपछि नेपालले १४ सदस्सीय टोलीको घोषणा गर्नेछ । अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर, युएई, कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्।

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रभीकुमार साह, ऋत गौतम, कमलसिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी, सुर्य तामाङ, आकाश चन्द, लोकेश बम, शेर मल्ल

 

प्रतिक्रिया दिनुहोस्