राजविराज इजलासमा कार्यरत न्यायाधीशमा कोरोना संक्रमण



सप्तरी : सप्तरीमा एक जना न्यायाधीशसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले पुष्टि गरेका हुन् ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यादवले जानकारी दिए ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्