जनकपुर–जयननगर रेल्वे प्रगतिबारे भारतीय राजदूतको निरीक्षण



धनुषा : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले शनिबार निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन् । उनले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरेका छन् । उनी अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए ।

पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९ किलोमिटरको दूरीे निरीक्षण गरेका थिए । नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इञ्चार्ज विनोदकुमार ओझाका अनुसार राजदूत पुरी आउनेबारे आधिकारिक रूपमा कुनै पनि जानकारी थिएन ।

भारत सरकारकै लगानीमा रेल पूर्वाधार निर्माणको काम भइरहेको छ । पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्