ओखलढुंगाका महाधिवेशन प्रतिनिधिहरुका लागि साउन १० गते प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भर्चुअल बैठक गरी जुम मार्फत प्रशिक्षण कार्यक्रम आरम्भ गरेको छ ।

गत साल वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, ५ नम्वर प्रदेश गरी महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण सम्पन्न गरेको थियो । तर गत चैतमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्यक्रम तय भए पनि लकडाउनका कारण १,२ र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण हुन सकेको थिएन ।

परिस्थितिलाई मूल्यांकन गरी बाँकी प्रदेशहरुको प्रशिक्षण कार्यक्रम जुम मार्फत नै गर्ने निर्णय अनुरुप ओखलढुंगाका महाधिवेशन प्रतिनिधिहरुका लागि साउन १० गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठान प्रमुख एवम् केन्द्रीय उपसभापति श्री विमलेन्द्र निधिले नेपाली कांग्रेसलाई थप सशक्त वनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए ।

उनले भने– ‘पार्टीका सिद्धान्त, नीति र कार्यक्रमहरुलाई सदस्यहरु माझ पु¥याउने र सदस्यहरु मार्फत नागरिक मतदाताहरुलाई बुझाउन सके नेपाली कांग्रेस भविष्यमा थप सशक्त हुनेछ ।’

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नु पर्ने, लोकतन्त्रका प्रति विश्वस्त गराउनु पर्ने र नेपाली कांग्रेसलाई भरपर्दो बनाउनु पर्ने लक्ष्य प्रशिक्षणको रहेको वताउनु भयो ।

ओखलढुंगा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, प्रदेश सभा उमेदवारहरु मित्रसेन दाहाल र बालकृष्ण दाहालले समेत मन्तव्य प्रकट गर्नु भएको थियो ।

प्रष्ठिानका जिल्ला शाखा प्रमुख एवम् जिल्ला कार्यसमिति ओखलढुंगाका उपसभापति तेजेन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठानका सदस्य राजु नेपालले सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्