सीमानाकामा थप कडाई गर्न मुख्यमन्त्री राउतको निर्देशन



जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज (आईतबार) सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाकाबाट मान्छेहरु लुकीछिपी आउनु नै मुख्य कारण रहेको उल्लेख गर्दै तीन वटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिएका हुन् ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थालेपनि यसबाट जोगिन अपनाउनुपर्ने उपायहरुबारे विज्ञहरुसंग सुझाव समेत लिएका छन् । कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेको कामको प्रगतिबारे जानकारी लिदै‌ मुख्यमन्त्री राउतले कोरोना रोकथाम,नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्