ब्रत बस्दा के खाने के नखाने ?



एजेन्सी : साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् । दिनभर व्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोमबार ब्रत बस्दा आलू , दहि आलू खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।

व्रतको दिनमा फलफूल र फलफूलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरु भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा वढी चाहिने हुँदा पानी प्रशस्त पिउनुपर्छ ।

व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन ।

त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

प्रतिक्रिया दिनुहोस्