पछिल्लो २४ घण्टामा १३९ जना नयाँ कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार ४ सय ५४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्