सुशान्तकी प्रेमिका रियाविरुद्ध प्रहरीमा उजुरी



एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको साढे १ महिना पुगिसकेको छ। उनले र मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर ज्यान फालेका थिए ।

उनको निधनपछि पनि घटना रहस्यमय रहेको भन्दै विभिन्न कुराहरु आइरहेका छन् । प्रहरीले सुशान्तसँग जोडिएका मानिसहरुसँग बयान लिइरहेको छ । यसैबीच सुशान्तका पिता केके सिंहले रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन् ।

सुशान्तकी प्रेमिका भनिएकी चक्रवर्तीविरुद्ध केकेले पटना प्रहरीमा उजुरी दिएको भारतिय मिडिया हिन्दुस्तान टाइम्सले जनाएको छ । सुशान्तलाई ज्यान फाल्न बाध्य बनाएको भन्दै रियाविरुद्ध केकेले उजुरी दिएका हुन् ।

गएको महिना रियाको बयान प्रहरीले लिएको थियो । हालसम्म प्रहरीले सुशान्तसँग जोडिएका ४० भन्दा बढीको बयान लिइसकेको छ । पछिल्लो समय रियाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई सुशान्तको मृत्युको दोष लगाउँदै जबरजस्तीको धम्की आएको भन्दै छानबीनको माग गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्