यस्तो छ बिहिबारको मौसम पूर्वानुमान



काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज (बिहिबार)को मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । नेपालको पुर्वि तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको जनाएको छ ।

जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्