नेटवर्किङबाट सांसद पनि ठगिए


काठमाडौँ : नेटवर्किङबाट सांसदहरू पनि ठगिएको पाइएको छ । साथीभाइ र आफन्तमार्फत आफूहरू ठगिएको उनीहरूको भनाइ छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बिहीबार गरेको बैठकमा सांसद सुजाता परियारले एक दशकअघि भारतीय मेडिकेयर कम्पनीबाट आफू ठगिएको सुनाइन् ।

‘जति धेरै सदस्य बनायो, त्यति फाइदा भने । फर्म पनि भरिदिए । आफ्नै मान्छेले ठगे,’ उनले भनिन् । ‘ठगिएको थाहा पाएपछि धेरै सर्वसाधारणको रुवाबासी भयो,’ उनले भनिन् ।

अर्की सांसद सरिताकुमारी गिरीले भारतीय नेटवर्किङ कम्पनीले ठगेको सुनाइन् । ‘हामी सानो छँदै नेटवर्किङको बिगबिगी थियो । भारतबाट एमओएले १२/१५ हजार लिएर टुथपेस्टलगायतका सामान दिन्थ्यो,’ उनले भनिन्, ‘हामी उपभोक्ता पनि भएकाले प्रत्यक्ष ठगीमा परेका छौं ।’

सांसद कृष्णकुमार श्रेष्ठले गोल्डक्वेस्टबाट ५० हजार रुपैयाँ ठगिएको सुनाए । ‘सुरुमा ५० हजार लगानी गरेपछि ठ्याकठ्याक पैसा आउँछ भने तर ठगिएँ,’ उनले भने । गोल्डक्वेस्टपछि युनिटीले प्रलोभन देखाएको उनले सुनाए । ‘केही वर्षअघि युनिटीले छिट्टै बोइङ खरिद गर्ने, विदेश भ्रमण गराउनेलगायत सपना देखाएको थियो । सञ्चालकले ठूल्ठूला कुरा गर्नुभयो,’ उनले भने, ‘सबै नेपाली जनतालाई ठग्दाठग्दै पछि युनिटी कानुनको दायरामा पर्‍यो ।’ अर्का सांसद गोपाल बमले युनिटी, हर्बोबाट आफू ठगिएको सुनाए । ‘विश्वास गरेको, नजिकैको मान्छेले मीठा कुरा गरेपछि थोरै लगानी गरें,’ उनले भने, ‘त्यसपश्चात् मान्छे र कम्पनी नै हराए । एक रुपैयाँ पनि पाइएन ।’

सांसद सोमप्रसाद पाण्डेले नेटवर्किङ व्यवसायीले आफूलाई पनि प्रलोभनमा पार्न खोजेको सुनाए । ‘२९ सालमा ९ कक्षामा पढ्दा नेटवर्किङ व्यापार आयो । नेटवर्किङ व्यवसायीले कपडा बिक्री गर्न खोजे । बजारमा त्यो कपडा करिब २० रुपैयाँ पर्थ्यो । व्यवसायीले ९ रुपैयाँमै दिने गरी आयो,’ उनले भने, ‘तर सर्त एउटा पाइन्ट लिँदा ९ जना सदस्य बनाउनुपर्ने, अर्कोले पुनः अर्को ९ जना बनाउनुपर्ने थियो । तर म यसमा लागिनँ ।’ त्यसपश्चात् अर्को गोल्डक्वेस्टले पनि प्रलोभन देखाएको उनले सुनाए ।

अवैध नेटवर्किङ व्यवसायको बिगबिगीपछि तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले २०७०/७१ ताका ठगीमा परेको प्रमाणसहित क्षतिपूर्ति दाबी गर्न सूचना आह्वान गरेको थियो । विभागको सूचना प्रकाशित भएलगत्तै हजारौं सर्वसाधारणले उजुरी दर्ता गराएका थिए । तर क्षतिपूर्ति नपाउँदै उक्त फाइल विभागबाटै हराएको थियो । कान्तिपुर दैनिकबाट

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य