गुल्मीमा पहिरो अपडेट : ज्यान गुमाएका सबैको पहिचान खुल्यो



गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५, आटीपाटामा पहिरो जाँदा ज्यान गुमाएका चार जनाको पहिचान खुलेको छ ।

शुक्रबार बेलुकी ९ बजेतिर घरमाथिबाट पहिरो खस्दा एकै घरका चार जनाको मृत्यु भएको थियो ।

अन्दाजी ३० वर्षीया बिना माझी, उनका अन्दाजी १० वर्षका छोरा सागर, ७ वर्षका छोरा हेमन्त र अन्दाजी १० महिनाकी छोरी विनीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिएका छन्‌ ।

उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

स्थानीय र प्रहरी रातभर उद्दारमा जुटेपनि अविरल वर्ष भइरहेकाले समस्या परेको छ ।

प्रतिक्रिया दिनुहोस्