आगलागीबाट १३ घर जलेर नष्ट 



वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिका २ टिहुकीमा सोमबार आगलागी  हुँदा १३ घर जलेर नष्ट भएको छ। स्थानीय साहु मिया धुनियाको घरको चुलोबाट आगो सल्केको थियो।

आगलगीबाट स्थानीय मनिर मिया, हसमुदिन मिया धुनिया, कईम मिया, नयीम मिया धुनिया, भोला पासवान, शिवशरण पासवान, रामशरण पासवान, सहिम मिया, रामु पासवान, मुकेश कुमार पासवान, देवशरण पासवान र लालबाबु पासवानको फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आलगागीले कुनै मानविय क्षति नभए पनि घरमा रहेको खाद्यान्न, लत्ताकपडा, फर्निचर समेत जलेर नष्ट भएको प्रहरी चौकी टिहुकी प्रहरी सहायक निरीक्षक मनोज ठाकुरले बताए। आगलागीबाट करिब २५  लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक चुन थापाले बताए।

प्रतिक्रिया दिनुहोस्