कोरोना जितेर घर फर्किए अमिताभ बच्चन



एजेन्सी : बलिउडका अभिनेता अमिताभ बच्चन कोरोना जितेर घर फर्किएका छन् । आइतबार ट्विटरमार्फत उनले आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी गराएका हुन् । ‘मेरो कोरोना परीक्षण गराएर घरको क्वारेन्टाइनमा फर्किपएको छु।’ उनले भनेका छन् ।

कोरोनाको संक्रमण भएको कारण अमिताभ बच्चनलाई नानावटी अस्पतालमा भर्ना गरिएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताइएको छ । यसका साथै नानावती अस्पतालमा काम गर्ने नर्सहरुलाई धन्‍यावाद दिएका छन् ।

उनले भनेका छन्, ‘ नानावती अस्पतालका नर्सहरुकै कारण आज म यो दिनमा देख्‍न पाएको छु । उहाँहरुले ख्‍याल गर्नुभएकोमा धेरै आभारी छु ।’

उनको छोरा अभिषेक बच्चन भने अझै कोरोना पोजेटिभको कारण अस्पतालमा नै छन्।

प्रतिक्रिया दिनुहोस्