एक घण्टा भित्र दुईपटक भुकम्पको धक्का महशुस



बैतडी : बैतडी र दार्चुलामा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दुवै पराकम्पनको केन्द्रविन्दु भारत र चीनको सीमा आसपास लिपुलेक नजिक रहेको केन्द्रका सूचना अधिकारी नवीन विश्वकर्माले जानकारी दिए । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्प पश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्