बिहान नियमित हिंड्ने गर्नुहोस्, यस्ता छन धेरै हिँड्नुका ७ फाइदाहरु



एजेन्सी : पछिल्लो समयमा मानिसहरुको दैनिक जिवन् निक्कै सोखिन् बन्दै गएको छ भने आधुनिक साधनको चरम प्रयोगले हामी दिनदिनै अल्छी बन्दै गएका छौँ । सवारीसाधनमा हुइँकिने बानी परेका हामी कमै हिँड्ने गर्छौँ । हिँड्दा शरीरका विभिन्न अंगलाई अनेक किसिमले फाइदा पुग्ने गर्छ । विभिन्न अनुसन्धानमा पत्ता लागेका केही तथ्यहरु यसप्रकार छन् ।

१. सातामा दुई घन्टा हिँड्नाले ब्रेन स्ट्रोकको जोखिम ३० प्रतिशत कम हुन्छ ।

२. सातामा चार घन्टा हिँड्नाले हिप फ्र्याक्चर हुने जोखिम ४३ प्रतिशत कम हुन्छ ।

३. सातामा तीनपटक ४०-४० मिनेट हिँड्ने गर्नाले दिमाग तेजिलो हुन्छ ।

४. प्रतिदिन ३० मिनेट हिँड्नाले डिप्रेसन लाग्ने सम्भावना ३६ प्रतिशत कम हुन्छ ।

५. हरेक दिन ३० देखि ६० मिनेट हिँड्ने मानिसलाई हृदयाघात हुने जोखिम कम हुन्छ ।

६. मोटाइबाट वाक्क–दिक्क हुनुभएको छ र वजन कम गर्ने सोच्दै हुनुहुन्छ भने हरेक दिन एक घन्टा हिँड्ने बानी बसाल्नु राम्रो हुन्छ ।

७. हरेक साता ७५ मिनेट हिँड्ने मानिसको आयु न्यूनतम दुई वर्ष बढ्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्