महानायकको विषयमा विवादमा परेपछि स्पष्टीकरण दिँदै निरुता



काठमाडौं : केही दिन पहिले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै निरुताले भुवनलाई ‘मेरो सपनाको महानायक’ भनेपछि राजेश हमालका फ्यानले निरुतालाई ट्रोलिङ गर्न थालेका छन् । उनले भुवन केसी आफ्ना लागि रियल हिरो अर्थात महानायक भएको बताएकी भन्दै उनी विवादमा तानिएकि हुन् ।

महानायकको विषयलाई लिएर आफु विवादमा आएपछि उनले यसबारेमा स्पष्ट पारेकी छन् । उनले बुँदागत रुपमा स्पष्टीकरण दिँदै भनेकी छन्–‘मैले कहाँ र कहिले यो लखेकी छु कि, मेरा लागि महानायक राजेश हमाल होइन, भुवन केसी हो भनेर ?’

आफूले राजेश हमालले पनि फिल्म क्षेत्रमा पाइला नराखेको बेलाको कुरा गरेको उनले स्पष्ट पारेकी छन् । ‘मैले मेरो स्टाटसमा आजको कुरा लेखेको होइन्, मैले त्यो बेलाको कुरा लेखेको हो, जुन बेलामा राजेश दाइले पनि नेपाली चलचित्र जगतमा पाइला राख्नुभएको थिएन ।’

उनकाे स्टाट्स जस्ताकाे तेस्तै

मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा –

न:१- मैले कहा र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर ?????

न:२- मैले मेरो स्टैट्स मा आज को कुरा लेखेको हैन , मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राखेको थिएन ….. जुन बेलामा मैले भुवन केसी को सिल्वर जुबली चलचित्र कुसूमे रुमाल, सम्झना, साईनो लगायत अन्य चलचित्रहरू हेरेको थिएँ…..

न:३- मैले त्यो बेलाको मेरो “सपनाको महानायक” भनेर सुद्ध नेपाली शब्दमा लेखेको थिए….. ” मेरो सपनाको महानायक ” यो शब्द को मतलब हाम्रो नेपाली दाजु भाई अनि दीदी बहिनीहरूले नबुझे कै हो त ??????

न: ४ – अब कुरा गरौं महानायक को …. मेरो लागी पनि महानायक राजेश हमाल हो ….. अनि म राजेश दाई लाई सम्मान गर्छु ……

न: ५- म नेपाली चलचित्र को एउटा कलाकार को नाताले के मलाई मेरो अग्रज दाई अनि दीदीहरू लाई सम्मान पूर्व उपाधि दिने अधिकार पनि छैन र ??????
मेरो लागि ति सबै अग्रज कलाकारहरू नै महानायक अनि महनायिका हुन जसके हाम्रो स्यानो नेपाली चलचित्र छेत्र लाई यहाँ सम्म पुराउनु को लागी आफ्नो कलाको योगदान दिनु भएको छ…….
तेसैले मेरो लागी राजेश हमाल लगायत भुवन केसी, शिव श्रेस्ठ, हरिवंश आचार्य,मदन कृष्ण श्रेस्ठ, नीर शाह दाई आदि कलाकार हरू पनि महानायक नै हुन…….
तेसरि नै हाम्रो पहिलो नायिका भुवन चंद दिज्ज्यु , बसुंधरा भुसाल दिज्ज्यु , करिश्मा मानन्धर, गौरी मल्ल,मिथिला शर्मा दीदी आदि कलाकारहरू पनि महनायिका हुन ……
यदि म कसैलाई श्रद्धा गरेर महानायक,महानायिका,सूपरस्टार,मेघास्टार या कुनै पनि उपाधि दिउ ……. त्यो मेरो नितांत निजी बिचार हो ……त्यो मेरो बिचार न त म कसैको माथि थोप्न सकछु न त कसैले मेरो त्यो श्रद्धा लाई म बाट छिन्न सकछ ………. हामी सबै स्वतंत्र छौ आफ्नो बिचार ,सोच अनि श्रद्धा दर्शावन को लागि ……….

न:६- मलाई कति जनाले कमेंट्स लेख्नु भएको रहेछ कि मलाई अब फलो गर्दिन अनि मेरो फ़ैन फ़ालोइंग घटछ भनेर…….अनि भुवन केसी ले मलाई फ़िल्म मा काम दिनछ भनेर मैले भुवन केसी को चमचागिरी गरेको अरे …….
म वहाँ हरू लाई भन्न चाहनछु कि म नेपाली चलचित्र देखी टाँडा रहेको धेरै वर्ष भई सक्यो……. अनि मैले नेपाली चलचित्र मा काम गर्नको लागि आज आएर क़सैको चमचागिरी गर्नु ज़रूरी नै छैन ….. मैले मेरो नेपाली चलचित्र उद्धयोगलाई मेरो जीवनको अमुल्य २७ वर्ष को योगदान दिई सकेको छु………तेसैले मलाई साचो मन ले माया गरेर मेरो भावनाको क़दर गर्ने मेरो समझदार ,माननीय, पूजनीय अनि ढोगनिय १ मात्र दर्शक,फ़ैन पनि काफ़ी छ मेरो लागि …………

न:७- मलाई आज सम्म माया अनि सम्मान दिनु हुने साथै मैले भन्न खोजेको कुराको सही मतलब बुझी दिनु हुने मेरो सम्पूण समझदार,माननीय,पूजनीय अनि ढोगनिय दर्शक,फ़ैन हरूमा म निरूता सिंह दुई हाथ जोड़ी हृदय देखी नै धन्यवाद टक्राउदछु ………..

न:८- अंतमा क़सैको स्टैट्स लाई राम्ररी नपड़ि,नबुझी त्यो स्टैट्स ले भन्नै नखोजेको कुराको जब्बरजस्ति ग़लत मतलब निकालेर यो नै भन्न खोजेको भनेर गाली गर्नु कुनै पनि हिसाबले उचित हो जस्तो मलाई लागदैन ……. भलै त्यो स्टैट्स मेरो कुनै दुश्मन कै किन नहोस……

न:९- आज सारा बिश्व कोरोना महामारी संग लड़ी रहेको छ……… भोली के हुनछ कसैलाई थाहा छैन तर यहाँ हामी भने महनायक को शीर्षक को लड़ाई मा नै अल्झी रहेका छौ……भगवान श्री पशुपतिनाथ ले हामी सम्पूर्ण नेपालिहरूलाई सतबुद्धि दियुन…..दुई दिनको यो छोटो जिंदगिमा सबै मिली जुली रहने अनि एक अर्का को भावना को क़दर गर्ने बिचार सबैमा जगाई दियून……

जय श्री पशुपतिनाथ?????जय नेपाली चलचित्र?????जय नेपाली कलाकार????? ??????जय नेपाल???????????

निरुताले आफ्ना लागि राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह लगायत अग्रज कलाकारलाई महानायक मानेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्