तुइन चुँडिएर एक महिला बेपत्ता



काठमाडौं : लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् ।

उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । ‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ डीएसपी थापाले भने । उनले आज पनि खोजी कार्य जारी राखिएको बताए ।

स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए । यो घटना सोमबार मध्याह्नतिरको हो ।

प्रतिक्रिया दिनुहोस्