पूर्वराजा र राजदूत पुरीबीच ‘गोप्य’ वार्ताः प्रधानमन्त्रीले लिए यस्ताे ‘एक्सन’



काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आकस्मिक भेटवार्ता भएको छ। तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच गत २ चैत ९शनिबार० मा जनकपुरको शीताशरण होटलमा गोप्य भेटवार्ता भएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार दुई जनाबीच राति १०ः४५ बजेदेखि ११ः३० बजेसम्म गोप्य भेटवार्ता भएको थियो। झन्डै पौने घण्टासम्म भएको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमणबारे छलफल भएको स्रोतको दाबी छ । पूर्वराजा ज्ञानेन्द्र जनकपुरको जानकी मन्दिरमा पूजाआजा गर्न तथा अन्य विभिन्न धार्मिक कार्यक्रमका लागि गत २९ फागुनमा जनकपुर पुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्र जनकपुरमै भएका बेला भारतीय राजदूत पुरी पनि रेलमार्गको निरीक्षण गर्ने सिलसिलामा २ चैतमा जनकपुर पुगेका थिए। उनीहरू दुवै जना जनकपुरको शीताशरण होटमा बसेका थिए।

‘एउटै होटलमा बसेकाले आकस्मिक भेट भएको हुन सक्छ,’ स्रोतले भन्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजदूत पुरीले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको बारेमा परराष्ट्र मन्त्रालयसँग जानकारी मागेको छ । प्रधानमन्त्री कार्यालयले परराष्ट्र सचिवसँग भेटबारे जानकारी मागेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। याे समाचार राजधानी दैनिकमा छापिएकाे छ।

प्रतिक्रिया दिनुहोस्