वीरगञ्ज कारागार प्रमुखसहित १३३ जना कोरोना संक्रमण



पर्सा : वीरगञ्ज कारागारका प्रमुखसहित १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ । जसमध्ये बाराका एक क्वारेन्टाइनका १७ जना रहेका छन् ।

विभिन्न क्वारेन्टाइन तथा मास्क र कन्ट्राक्ट टेसिङ्गबाट सकलन गरिएको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १३३ जनामा कोरोना सक्रमणको पुष्टि भएको हो ।

५ देखि ६० वर्ष उमेर समूहका ब्यक्तिमा सक्रमण भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले बताए । जसमा २६ जना महिला पनि रहेको उनले बताए ।
वीरगञ्ज ४ बिर्ता स्थित रहेको त्रीजुद्व क्वारेन्टाइनका ७६ जना, वीरगञ्ज कारागारका ३२ जना, बाराको सिमरामा रहेको क्वारेन्टाइनका १७ जना, वीरगञ्जका मेयरका कन्ट्राक्ट टेसिङ्गका अधारमा थप ५ जना, कोभिड अस्पताल गण्डकका २ जना र नेशनल मेडिकल कलेजका १ जनामा पीसीआर परीक्षण गर्दा सक्रमणको पुष्टि भएको हो ।

तीमध्ये मृत एक युवतिमा समेत कोरोना सक्रमणको पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उपाध्यायले बताए ।

सक्रमितमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन । वीरगञ्ज कारागारका प्रमुखले पनि आफुमा कुनै प्रकारको लक्षण नदेखिएको बताए । उनले भने कारागार भित्र रहेका कैदी बन्दीहरुको पीसीआर परिक्षणको लागि स्वाब सकलन गराउन लगाए त्यही लहलहमा आफू पनि स्वाब निकाल्न लगाए तर बुधबार रिपोर्ट पोजेटिभ आउदा अचम्ममा परे । उनले आफुमा कुनै प्रकारको लक्षण वा आफू भित्र कुनै समस्या नै नरहेको बताए ।

पर्साको पोखरिया ९ कि १८ वर्षीय युवतीलाई सोमबारदेखि निरन्तर बान्ता हुन थाले पछि उपचारको लागि मगलबार वीरगञ्जको नेशलन मेडिकल कलेजमा ल्याउने क्रममा मृत्यु भएको थियो ।

युवतीको मृत्यु पश्चात कलेजमै पुगेर स्वाब संकलन गरिएको थियो र आज रिपोर्ट आउदा कोरोना सक्रमण भेटिएको उनले बताए ।

त्यसैगरि सक्रमितमध्ये वीरगञ्ज भसार कार्यालयमा खटेका सशस्त्र प्रहरीका एक जना जवान, वडा प्रहरी कार्यालाय बिर्ताका एक जना प्रहरी, तीन जना नेपाली रहेका छन । पर्सामा कोरोना सक्रमणको सख्या ७ सय ८० भन्दा माथी नाघेको छ । मृतकको सख्या पनि १७ पुगेको छ ।

प्रकाशित : साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्