होलीमा बोल्ड प्रियंका, यसरी मच्चाइन् तहल्का



काठमाडाैंः  अभिनेत्री प्रियंका कार्की आफ्ना हुनेवाला श्रीमान आयुशमान देशराज जोशीका साथ इन्डोनेशिया गएर भर्खरै फर्किएकी हुन् । उनले आयुशमानका साथ इन्डोनेशियामा खिचेका तस्विर मिडियामा आए सँगै उनको चर्चा सुरु भएको थियो ।

यसै बिच २०७५ सालको होली पर्व मनाउन उनी एक होली विशेष कार्यक्रममा उपस्थित भएकी थिइन् । कार्यक्रम सुरु भएको केहि समय पछि झुल्किएकी प्रियंकले उपस्थित सबैको ध्यान आफु तर्फ केन्द्रित गराउन सफल भइन् ।

कार्यक्रम स्थलमा अभिनेत्री प्रियंका कार्की बोल्ड देखिएकी थिइन् । अभिनेत्री कार्की निमन्त्रणा आएका विभिन्न स्थानमा होली मनाउन पुगिन् । उनले दर्शकलाई होलीको अवसरमा शुभकामना दिदै मदिरा सेवन गरेर बाइक नहाक्न आग्रह गरिन् । यस्तै अर्कालाई जवरजस्ती रङ्ग लगाइदिने कार्य नगर्न समेत उनले अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस्