श्रीलंकाको संसदीय चुनावमा महिन्दा राजापाक्षको पार्टी एसएसपीपीको जित



एजेन्सी : श्रीलंकाको संसदीय चुनावमा राजापाक्ष परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएसपीपी)ले दुई तिहाइ बहुमतका साथ जित हासिल गरेको छ ।

श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशको संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जितको घोषणा गरेका हुन् ।

श्रीलंकामा बुधबार मदतान भएको थियो भने बिहीबार सुरु भएको मतगणनाको कार्य शुक्रबार बिहान आधिकारिक रुपमा सार्वजनिक भएको छ ।

पार्टीले कुल २ सय २५ मध्ये १ सय ४५ सिट जितेको छ । साथै पाँच सिट श्रीलंका पिपुल्स फ्रन्टको सहयोगी पार्टीले जितेको छ ।

राष्ट्रपति गोटब्याका भाई महिन्दा राजापाक्षलाई एक पटक फेरि प्रधानमन्त्री बनाइने अनुमान गरिएको छ जसले गत नोभेम्बरदेखि कार्यवाहकको भूमिका निर्वाह गरेका थिए ।

श्रीलंकामा एसएलपीपीले ९ महिना पहिले राष्ट्रपति चुनाव जितेको थियो र गोटब्या राजापाक्षले नोभेम्बर १८ मा राष्ट्रपति पदको शपथ लिएका थिए ।

महिन्दा राजापाक्ष यसभन्दा अघि सन २००५ देखि २०१५ सम्म श्रीलंकाका प्रधानमन्त्री रहेका थिए ।

प्रकाशित : साउन २३, २०७७

प्रतिक्रिया दिनुहोस्